
काठमाडौं, २९ चैत । आज बुधबार पनि कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पनि एकजनाको मृत्यु भएको थियो । यस्तै आज थप १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार आज थप ८१ जनाको संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ सय ४५ पुगेको छ ।















प्रतिक्रिया