
काठमाडौं, २९ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनलाई सदनमा पेश गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्री मोदीले संघीय निजामती सेवा ऐनलाई सदनमा पेश गर्न पहिलो दिनदेखि नै लागिपरेको भन्दै छिटै उक्त ऐन सदनमा पेश हुने जानकारी दिएका हुन् ।
उनले ऐनलाई अघि बढाउनका लागि आफूले सवै सरोकारवालहरूसंग छलफल गरेर विवादित बिषयलाई हल गरेको बताए । संघीय निजामती सेवा ऐन निकै पेचिलो बन्दै गएको भन्दै उनले उक्त ऐन आए संघीय संरचनामा देखिएका केही समस्याहरू हल भएर जाने बताए ।
उनले ऐनमा रहेका बिषयहरुलाई आवश्यकताअनुसार परिमार्जन गर्न सकिने भन्दै अहिले कै संसदबाट ऐनलाई अघि बढाउनुपर्ने धारणा राखे । मोदीले स्थानीय तथा प्रदेश तहले आफू अनुकुलको कर्मचारी माग्ने गरेका कारण समस्या हुने गरेको पनि जानकारी दिए ।















प्रतिक्रिया