३ कार्तिक २०८३, मंगलबार

प्रधानन्यायाधीस नियुक्तिको प्रक्रिया तत्काल अगाडि नबढे आन्दोलनमा उत्रने नेपाल बारको घोषणा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । नेपाल बार एशोसिएसनले अबको दश दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश नियुक्तिका बिषयमा बिहीबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने र दशदिनभित्र नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका नेतृत्वबिहीन भएको एक बर्षसम्म पनि प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि नबढेको भन्दै अब बार चूप लागेर नवस्ने बताए ।

उनले व्यवस्थापिका र कार्यपालिकाले सर्वोच्च लगायतका न्यापालिकालाई हेपेको बारको ठहर रहेको जिकिर गरे । घिमिरेले सात देखि १० दिनसम्म प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नवढे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर अघि बढ्ने स्पष्ट पारे ।

त्यस्तै घिमिरले लामो समयदेखि सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीश रिक्त रहेको, उच्च अदालत र जिल्लामासमेत न्यायाधीश खाली रहेकाले संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताए ।