
काठमाडौं, २९ चैत । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा एकहजारले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा करोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ।
चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया