
काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सुरू भएको छ ।
नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको हो । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा जारी मतदान अपरान्ह ४ बजेसम्म जारी रहनेछ ।
बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान २ घण्टा ढिला सुरु भएको हो । महासंघको विधानअनुसार महासंघको अध्यक्ष भने हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत: हुने छन्।
वरिष्ठ उपाध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् ।















प्रतिक्रिया