१५ कार्तिक २०८३, आइतबार

‘अहिले तेरो मेरो भन्ने बेला होइन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-singकाठमाडौँ, ९ जेठ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले कुनै पूर्वाग्रहबिना राहत तथा पुनःस्थापना कार्यमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँले आज साँखु बजारसहित विभिन्न ठाउँको स्थलगत अवलोकन गर्नाका साथै स्थानीय बासिन्दासँग अन्तक्र्रिया गर्दै भन्नुभयोे “अहिले तेरो मेरो भन्ने बेला होइन, सबैले सबैलाई सक्दो सहयोग गर्नुपर्छ । ” सरकारले पनि भेदभावबिना सम्भव भएसम्मको साधन स्रोत परिचालन गरेर सबैलाई समान व्यवहार गरेको उहाँले जिकिर गर्नुभयो ।

स्थानीय विकासमन्त्री सिंहले स्थानीय विकास नमुना नगरपालिकाका रुपमा विकास गर्ने योजना बनाएको ठाउँ नै अहिले क्षतविक्षत भएको देख्दा आफूलाई निकै दुःख लागेको बताउँदै साँखुलाई नमुना नगरपालिकाका रुपमा विकास गर्ने योजनालाई पुनःनिर्माणको योजनामा पार्ने आश्वासन दिनुभयो ।

स्थानीय बासिन्दाले जस्तापाता किन्नका लागि सरकारले दिने भनेको राहत रकम चाँडो उपलब्ध गराउन र पुनःनिर्माणको काम चाँडो थाल्न उपप्रधानमन्त्री सिंहलाई आग्रह गरेका थिए । रासस