मुम्बई । बलिउडमा ‘मिस्टर परफेक्शनिस्ट’को उपाधि पाएका अभिनेता आमिर खानले भारतीय–चिनियाँ चलचित्र ‘कुंग फू योगा’मा स्टार जैकी चेनसंग काम नगर्ने घोषणा गरिसकेका छन् ।
तर चीनका स्टार अभिनेतासँग काम नगर्नुको मुख्य कारण ‘दंगल’ हो । आमिर भन्छन्–‘दंगल’मा व्यस्त भएकाले अन्य चलचित्र शुटिङका लागि समय छैन् ।
आमिरले एक साक्षात्कार भने–‘निर्माता स्टैनली टान्गसँग मिलेर जैकी चेन ‘कुंग फू योगा’ फिल्म बनाउने योजनामा छन् । टान्गले जैकीका कयौं फिल्म बनाइसकेका पनि छन् ।
मेरो लागि यो फिल्ममा हकदार बन्नु सम्भव छैन् । किनकी यो वर्ष म ‘दंगल’को शूटिंगमा व्यस्त छु ।’ दंगलकै शुटिगंले समय अभावका कारण आमिरले ज्याकी चैनको फिल्ममा काम नगर्ने बताएका हुन् ।
















प्रतिक्रिया