२९ आश्विन २०८३, बिहिबार

गर्भवती महिलाले घरमा घुसेर पुरुषको बलात्कार गरेपछि…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rap

काठमाडौं । पुरुषले महिलालाई बलात्कार गरेको त सुन्नु भएको होला । यहाँ एक महिलाले पुरुषको बलात्कार गरेको घटना सार्वजनिक भएको छ । त्यो पनि गर्भवती महिलाले । पत्याउनै नसकिने घटना प्रहरीले सार्वजनिक गरेको हो ।

यो अनौठो घटना अमेरिकाको हो । गर्भावस्थामा महिलाहरुलाई निकै पीडा हुने गर्छ । मानसिक तथा शारीरिक रुपमा यौनसम्पर्कका लागि तयार हुँदैनन् । त्यो शक्ति पनि हुँदैन् । तर यहाँ विश्वमै अच्चमको घटना भएको हो ।

आफ्नो बलात्कार भएपछि ति पुरुषले प्रहरीमा उजुरी दर्ता गराएका थिए । अमेरिकाको सहरमा भएको यो घटना केही पूरानो हो । यो मुद्दा अहिले अदालतमा चलिरहेको छ । २८ वर्षकी गिलमन नामकी ति महिलाले उजुरी परेपछि अदालतमा माफी मागेकी छिन् । तर उनको मुद्दामा अझै फैसला भईसकेको छैन् ।

यस्तो छ घटना :

पीडित पुरुषले प्रहरीमा दिएको वयान अनुसार उनी आफ्नो अपार्टमेन्टमा सुतिरहेका थिए । मध्यरातमा जब उनको निद्रा खुल्यो, त्यो बेला उनको शरीरमाथि एक महिला बसिरहेकी थिईन् । त्यो बेला महिलाले ति पुरुषको टाउको माथि हात बाँधेकी थिईन् र उनलाई चुप लाग्न इशारा गर्दै थिईन् ।

प्रहरी रिपोर्टका अनुसार पीडित पुरुष त्यो दिन आफ्नो साथीको घरमा भएको पार्टीबाट सिधै घर आएका थिए । पार्टीबट घर आएपछि त्यो समयमा उनी मदिराको नशामा थिए । जसकारण महिलाले जबरजस्ती गर्न खोज्दा प्रतिकार गर्न सकेनन् । पुरुषको आरोप अनुसार हात र खुट्टा बाँधेपछि महिलाले उनको सबै कपडा खोलेर बलात्कार गरेकी थिईन् ।

त्यती मात्रै होईन् ति पुरुषले अर्काे अनौठो कुरा पनि प्रहरीलाई भनेका छन् । बलात्कार गरिरहेको बेला उनलाई महसुस भयो आफूमाथि जबरजस्ती गर्ने महिला गर्भवती हुन् । उनले बलात्कार गरिसकेपछि महिलाले चुरोट मागेको बताए ।

चुरोट खाइसकेपछि महिला आफुलाई बाँधेर भागेको उनले बताए । त्यसपछि बलात्कार भएके पुष्टि गर्न उनलाई अस्पतालमा परीक्षण गरिएको थियो । अस्पतालमा बलात्कार भएको पुष्टि भएपछि प्रहरीमा उजुरी हालेको उनले बताए ।

पीडितको उजुरीपछि ति महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पछि ति महिलाले बलात्कार गरेको स्वीकार गरेकी छिन् । २८ वर्षीय गिलमन नामकी ति महिला चार छोराछोरीकी आमा हुन् ।

पाँचौ बच्चा जन्माउन गर्भवती रहेका बेला उनले पुरुषको बलात्कार गरेको समाचार एजेन्सीले जनाएका छन् । यो मुद्दामा उनलाई आगामी जून महिनामा सजायँ सुनाइने बताइएको छ । एजेन्सी