
काठमाडौं, २७ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २७ रुपैयाँ, सेतो आलु २१ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ९० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।
यस्तै ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ९० रुपैयाँ केजी र हरियो धनियाँ ३० रुपैयाँमा पाइने छ । कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५० रुपैयाँ, हरियो अंगुर १०० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, अनार २२५ रुपैयाँ र आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ, किवि ४०० रुपैयाँ रहेको छ ।















प्रतिक्रिया