
काठमाडौं, २६ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशका दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पुर्याउन सुझाव दिएका छन् ।
आइतबार काठमाडौंमा नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन गर्दै उनले अन्धोपनको न्यूनीकरण र आँखा सेवा विस्तारमा केही सफलता हासिल भए पनि दुर्गममा सेवा विस्तार अझै चुनौतीका रूपमा रहेको बताएका हुन् ।

उनले नेपाल आँखा अस्पतालले विश्व स्वास्थ्य सङ्गठनको निर्दिष्ट सन् २०३० सम्म आँखा सेवामा निर्धारण गरेको लक्ष्य राष्ट्रिय रुपमा हासिल गर्न सरकारसँग सहकार्य गरी अघि बढ्नुपर्ने बताए । आँखा उपचार सेवा, जनशक्ति उत्पादन एवम् सामुदायिक कार्यक्रमबाट अन्धोपन न्यूनीकरणमा सबै आँखा अस्पतालले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
सो अवसरमा अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले अस्पतालले स्थापनायता ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको जानकारी दिए ।















प्रतिक्रिया