चितवन, १९ जेठ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर नगरपालिका–१ स्थित रामनगर उकालोमा सोमवार दिउँसो यात्रुबस पल्टिँदा दुई जनाको मृत्यु भएको छ । यो घटनामा अन्य ४२ जना घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकका सनाखत हुन सकेको छैन । मृतक दुवै पुरुष हुन् ।
घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
धरानबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ४२८२ नम्बरको बस आफैं अनियन्त्रित भइ सडकमा पल्टिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस














प्रतिक्रिया