१५ कार्तिक २०८३, आइतबार

पहिरोको जोखिममा रहेका २६ घरपरिवारलाई सुरक्षित ठाउँमा सारियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pahiroम्याग्दी, ९ जेठ । वैशाख १२ गतेको भूकम्प र पटकपटकको पराकम्पनका कारण पहाड भत्किएर पहिरोको जोखिममा परेको बैसरीका २६ घरधुरीलाई सुरक्षित ठाउँमा सारिएको छ ।

कालीगण्डकी नदी पारी राम्चे गाविस–९ स्थित काफलडाँडाको भिर भत्किँदा जोखिममा परेका भगवती–२ बैसरी र राम्चे–९ को बस्तीलाई खाली बनाई सुरक्षित ठाउँमा सारिएको हो । शुक्रबार बिहान ४ः३० बजेदेखि काफलडाँडाको भिरबाट निरन्तर सुख्खा पहिरो खसिरहेको छ ।

पहिरोले बैसरीमा पाँच वटा घर भत्काएर क्षति गरेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बैसरीका १६ र राम्चे औलका १० घरपरिवारलाई सुरक्षित ठाउँमा सार्ने निर्णय गरेको हो ।

निर्णयलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्म मुडभरि, रेडक्रस सभापति लेखबहादुर हमाल, सदस्य सुरज केसी, भगवतीका सचिव भोला आचार्य र राम्चेका सचिव कृष्ण विकमार्फत जोखिममा रहेका घरपरिवारलाई आवासका लागि एक एक थान पाल उपलब्ध गराएको छ ।

प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, प्रहरी नायब उपरीक्षक हीरा गिरी, जिल्ला भूसंरक्षण अधिकृत दीवाकर पौडेललगायतको टोलीले पहिरो खस्ने ठाउँको स्थलगत अनुगमन गर्नुभएको थियो ।

बैसरीदेखि ५०० मिटरभन्दा बढी अग्लो अक्करे पहाडको धेरै ठाउँमा चिरा परेको र निरन्तर पहिरो खसेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको प्रजिअ केसीले बताउनुभयो । रासस