२९ आश्विन २०८३, बिहिबार

फिलिपिन्समा आगलागी हुँदा सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ ।

राति १० बजेअघि आगलागी भएको थियो । स्थानीय समय अनुसार शनिबार तायटे शहरमा तीव्र गतिमा फैलिएको आगोले छरछिमेकमा ४० भन्दाबढी घरहरू आगोको चपेटामा परेका थिए ।

अग्निपीडितहरू घरमा फसेका थिए र भने केही शवहरू भान्साको भुइँमा र बाथरूम भित्र फेला परेको प्रहरीले जनाएको छ। उक्त आगलागीका कारण ६० भन्दाबढी परिवार घरबारविहीन भएका छन् ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकल विभागले जनाएको छ।