३ कार्तिक २०८३, मंगलबार

आज सुनचाँदीको मूल्य यथावत

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँ घटेर एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज तेजाबी सुन पनि प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि यथावत रहेको छ । चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।