
बारा, २५ चैत । आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सरगर्मी तीव्र रुपले बढेको छ ।
यसैबीच नेकपा एमालेको तर्फबाट बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुरुषोत्तम पौडेलले आजदेखि घरदैलो सुरू गरेका छन् ।
पौडेलले आज करैयामाई गाउँपालिका र पचरौता नगरपालिकामा आज घर दैलो कार्यक्रम गरेका छन् । सो क्रममा उम्मेदवार पौडेलले बारा–२ का जनताका पीडा र समस्या समाधान गर्न आफू आएको बताए ।
उनले निर्वाचन क्षेत्रभित्र रहेका खानेपानी, गुणस्तरीय शिक्षा, सडक, स्वास्थ्यका र रोजगारीका समस्याबारे आफू जानकार रहेको र समाधानका लागि चुनाव जितेको भोलिपल्टबाटै लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
मतदाताले बारा–२ मा विकासप्रेमी उम्मेदवार पाएको बताएका थिए । सो अवसरमा पोलिटब्युरो सदस्य अच्युत मैनाली, ज्वाला साहलगायत ठूलो संख्यामा उपस्थिति थियो ।
हेरौँ केही तस्वीरहरू–
















प्रतिक्रिया