२९ आश्विन २०८३, बिहिबार

जिन्दगीका हरेक उतार चढाव फोटोग्राफीले यादगार बनाएको छ : दीपाश्री निरौला

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जिन्दगीका हरेक उतार चढाव फोटोग्राफीले यादगार बनाएको बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा फोटोग्राफर संघले आयोजना गरेको क्यालेन्डर विमोचन कार्यक्रममा उनले, आफ्नो जीवनमा फोटोग्राफीले निकै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

पछिल्लो समय फोटोग्राफीमा धेरै नै परिवर्तन भए पनि पहिले पहिलेको फोटोसँग आफ्नो भावनाहरू जोडिएको उनको भनाई छ ।

उनले भनिन्  ‘फोटोको अर्थ धेरै छ । पहिलेको तुलनामा अहिले फोटोग्राफीमा निकै परिवर्तन आएको छ । अहिले हामी फेसबुकमा फोटो हाल्नको लागि मात्र हामी फोटो खिच्छौं । तर मन परेर घरको भित्तामा राखेको फोटो र फेसबुकको फोटोमा अन्तर छ । मैले त्यतिबेला मेरी आमाको फोटो नखिचेको भए अहिले मसंग यहाँको केही हुन्न थ्यो । जिन्दगीको धेरै उतार चढावमा फोटोग्राफीले मेरो जिन्दगीलाई यादगार बनाएको छ । ’

अहिले हामी फेसबुकमा हाल्नको लागि मात्र फोटो खिच्छौँ तर विषेश फोटो भनेको हाम्रो घरको भित्तामा हुन्छ जो कहिले बिर्सन नसकिने निरौलाको भनाई छ ।