
काठमाडौं, २३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्र, प्रदेश तथा जिल्लास्तरका दर्जनौँ नेताहरु एमालेमै फर्किएका छन् ।
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसी र स्वकीय सचिव गौरवसिंह महरासहितका नेताहरू एमालेमा फर्किएका हुन् ।
यस्तै नेकपा एसकी केन्द्रीय परिषद सदस्य मीना गुरुङ, नेताहरु सीता चौधरी, हिमाल अधिकारी, किसन भट्टराई पनि एमालेमा फर्किएका छन् ।
एमाले फर्किएका नेताहरूलाई नेकपा एमाले दाङका इञ्चार्ज तथा पोलिटव्युरो सदस्य नरुलाल चौधरी, केन्द्रीय सदस्य चेतनारायण आचार्य, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मालगायतले स्वाग गरे ।
आज एमाले प्रवेश गरेकाहरूले चैत ४ गते सामुहिक रुपमा नेकपा एस छोडेका थिए ।















प्रतिक्रिया