३० आश्विन २०८३, शुक्रबार

‘क्षमादान’सँग विश्वासको मत साट्ने रविले सुशासनको गफ नदिए हुन्छ : शंकर पोखरेल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्तन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथिको मुद्दा कमजोर बनाउने शर्तसहित वर्तमान सरकारलाई विश्वासको मत दिएको पुष्टि भएको बताएका छन् ।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले राहदानी मुदामा क्षमदानको याचना गर्ने रवि लामिछाने र उनको पार्टीले मुलुकमा सुशासनको गफ लगाउनुको कुनै अर्थ नभएको बताएका छन् ।

नागरिकता मुद्दामा मन्त्री र सांसद पद गुमाएका रवि लामिछानेलाई राहदानी दुरुपयोग प्रकरणमा भने सरकारलाई विश्वासको मत दिएकै कारण ‘क्षमादान’ मिलेको महासचिव पोखरेलको दाबी छ ।

‘मुलुकको वैध अर्थतन्त्रलाई कमजोर बनाएर अवैध अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने देउवा–प्रचण्डको नेतृत्वको भ्रष्ट गठवन्धनलाई राहदानी प्रकरणमा क्षमादानको याचनासहित समर्थन गर्नेहरूले उपचुनावमा सुशासनको ‘घण्टी’ बजाउनुको कुनै अर्थ र महत्व वाँकी रहेन,’ पोखरेलले फेसबुकमा लेखेका छन् ।

कांग्रेस र माओवादीले नेतृत्व गरेको दशदलीय गठबन्धन भ्रष्टाचारीहरूको अखडा भएको उनको भनाइ छ । देशको अर्थतन्त्र कमजोर बनाएर कमिसनका लागि कालोबजारी, तस्करी, घुसखोरी र दलाल तथा नोकरशाहीतन्त्रलाई प्रवर्द्धन गरेको पोखरेलले बताएका छन् ।