भक्तपुर, ८ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितलाई अस्थायी बसोबास र पुनर्बास गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
चिनियाँ गरिबी निवारण फाउण्डेसनले भक्तपुरको बोडे निलबाराहीस्थित चौरमा सिन्धुपाल्चोकका दुई हजार जनाका लागि ११० वटा पाल हालेर अस्थायी बसोबासको व्यवस्था गरिएको स्थानको आज अवलोकन गरेपछि उहाँले सरकारप्रति विश्वास गर्न भूकम्पपीडितलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “सरकार भूकम्पपीडितको दुःख सुखमा साथ दिन तयार छ, यो दुःखको घडिमा घरबास गुमाएकालाई कसरी अस्थायी बसोबासको व्यवस्था गर्ने र वर्षापछि कसरी स्थायी बसोबासको व्यवस्था गर्ने भनेर सरकारले कार्यक्रम ल्याउँदैछ, यसमा सरकार प्रतिबद्ध छ ।”
वर्षा लाग्न लागेकाले सरकारलाई धेरै चिन्ता बढेको बताउँदै उहाँले वर्षायाममा यहाँ हालिएका टेण्टले धान्छ की धान्दैन भन्ने चिन्ता पनि अलग्गै रहेको बताउनुभयो । वर्षायामका लागि सरकारले जस्ता पाता वितरणको व्यवस्था गरेको बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “विस्थापितलाई अस्थायी बसोबासका साथै वर्षापछि बस्ने राम्रो स्थायी घर नै बनाइदिने योजना सरकारले ल्याएको छ, यसमा सरकारप्रति विश्वास गर्नुहोला ।”
प्रधानमन्त्री कोइरालाले केहीदिन अघि भारत र चीन दुवै देशले नेपाललाई आवश्यक सबै कुरामा सहयोग गर्ने प्रतिबद्धता जनाएकामा खुसी व्यक्त गर्दै भूकम्पपीडितलाई सहयोग गर्दै आएको चिनियाँ टोलीप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रममा फाउण्डेसनका कार्यकारी निर्देशक विन कुई लिऊले वैशाख १३ गतेदेखि नै नेपालका भूकम्पपीडितलाई सहयोग गर्दै आएको फाउण्डेसनले अहिले नेपालमा दुई हजारभन्दा बढी पीडितलाई टेण्ट, खाद्यान्नको व्यवस्था गरेको र अझै सहयोग गर्ने बताउनुभयो ।
भक्तपुरमा फाउण्डेसनले ११० वटा पाल हालेर सिन्धुपाल्चोकका भूकम्पपीडितलाई अस्थायी बसोबासको व्यवस्था गरेको छ भने शौचालय, खानेपानी, र खानाको व्यवस्था समेत गर्ने भएको छ । रासस




![lrlgofF ul/aL lgjf/0f kmfp08];gn] l;Gw'kfNrf]ssf b'O{ xhf/ hgfsf nflu !!) j6f 6]08 xfn]/ eQmk'/sf] af]8]l:yt v'Nnf rf}/df c:yfoL a;f]af;sf] Joj:yf ul/lbg] kmfp08];gsf sfo{sf/L lgb]{zs ljg s'O{ lnpmnfO{ sb/kq k|bfg ub}{ k|wfgdGqL ;'zLn sf]O/fnf . tl:a/ M /d]z lu/L, eQmk'/?/f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/05/PM-Koirala-kadarpatra.jpg)








प्रतिक्रिया