३० आश्विन २०८३, शुक्रबार

एकैदिन ८० जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमितको संख्या तीन सयनजिक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ११७ जनाको स्वाब परीक्षण गर्दा ८० जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ६५१ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ७६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा १२ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या २७९ जना छ ।