
काठमाडौं, २१ चैत । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लब जावलाखेल युथ क्लबसँग पराजित भएको छ ।
मंगलबार भएको खेलामा जावलाखेलले सातदोबाटोलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै जावलाखेल शीर्ष स्थानमा उक्लिएको छ ।
जावलाखेल ६ खेलबाट ४ जित र १ बराबरी गर्दै १३ अंकका साथ शीर्ष स्थानमा रहेको हो । सातदोबाटोको ६ खेलबाट १२ अंक छ । फोडे फोफानाले ४३औं मिनेटमा पेनाल्टीमा गोल गरी जावलाखेललाई अग्रता दिलाएका थिए ।
एनकोतो मासोओबीले ५०औं मिनेटमा गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । सातदोबाटोका लागि ७५औं मिनेटमा दिपक राज सिंह ठकुरीले एक गोल फर्काएका थिए ।















प्रतिक्रिया