१ कार्तिक २०८३, आइतबार

गायक रामकृष्ण ढकालको गीत ‘नदि’ सार्वजनिक

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘नदि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

सोमबार एक कार्यक्रमकाबीच रामकृष्ण ढकाल युट्युव च्यानलमा सार्वजनिक गरिएको गीतमा हरि लम्सालको संगीत र सिन्धु रानाको शब्द रचना रहेको छ ।

देवेन्द्र नेवाको एरेन्ज रहेको गीतमा रामकृष्ण ढकाल र पुनम भूसालको अभिनय हेर्न सकिन्छ । यो गीतको भिडियोलाई सागर ज्ञवालीले निर्देशन गरेका हुन् ।