३० आश्विन २०८३, शुक्रबार

एमालेको बहुमत नआएसम्म मुलुकमा स्थायित्व कायम हुन सक्दैन : शिवमाया तुम्बाहाङ्फे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २० चैत । नेकपा एमालेकी स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फेले निर्वाचनमार्फत नेकपा एमालेले बहुमत नल्याएसम्म मुलुकमा स्थायित्व कायम हुन नसक्ने बताएकी छिन् ।

मिसन ग्रासरुट अभियानअन्तर्गत सुर्खेतको पञ्चपुरी नगरपालिकाको नगर कमिटीको १४औं बैठकलाई सम्बोधन गर्दै उनले मुलुकलाई स्थायित्व दिनका लागि पनि आगामी निर्वाचनमार्फत एमालेले बहुमत ल्याउनुपर्ने बताएकी हुन् ।

उनले पार्टी सदस्यता नवीकरण मात्रै नभई अब आउने २०८४ सालको निर्वाचनमा स्थायित्व र बहुमत ल्याउनुपर्ने भएकाले सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिएकी छिन् । मिसन ग्रासरूटका लागि कर्णाली प्रदेश अनुगमन संयोजक समेत रहेकी तुम्बाहाङ्फेले मिसन ग्रासरूट अभियानमा पालिकाको मेहतन धेरै भएको तर, नतिजा कम आएकाले अब नतिजा पनि बढाउनु पर्ने धारणा व्यक्त गरिन् ।

नगर कमिटी अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पालिकाभित्र रहेका ११ वटा वडाका वडा कमिटी अध्यक्षहरूले वडामा भएका पार्टीका विभिन्न गतिविधि, संगठित सदस्य, नवीकरणको संख्या, नवीकरण हुन बाँकी, पार्टी परित्याग गर्नेहरुको संख्याका बारेमा जानकारी दिएका थिए ।

यस्तै, मिसन ग्रासरूटका लागि जिल्लाबाट खटिएका जिल्ला प्रतिनिधि, प्रदेश प्रतिनिधिहरूले आफ्नो भागमा परेका वडामा भएका पार्टीका गतिविधिहरूका बारेमा रिर्पोटिङ गरेका थिए ।