
काठमाडौं, २० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
भारतबाट मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पनि मूल्य घटाउने निर्णय गरेको हो ।
सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको छ ।
यस्तै,डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटेको हो । निगमकाअनुसार हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रियतर्फ पनि प्रतिलिटर १० रुपैयाँ घटाइएको छ ।
मूल्य घटेसँगै पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलप्रतिलिटर १ सय ६५ रुपैयाँ र आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ६० रुपैयाँ पुगेको छ ।
















प्रतिक्रिया