
काठमाडौं, २० चैत । सरकारले मिटरब्याजी पीडितको समस्या समाधानका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरेको हो ।
समितिमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहेका छन् ।
समितिलाई मिटरब्याज पीडितहरूको समस्या समाधान हुने गरी ठोस र व्यवहारिक प्रतिवेदन तयार पार्नका लागि ३ महिनाको समय दिइएको छ ।















प्रतिक्रिया