३ कार्तिक २०८३, मंगलबार

चुनावको मुखमा मलाई कांग्रेसबाट कारवाही फुकुवा गरिएको भ्रम छर्ने काम गरियो: गोविन्दराज जोशी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले नेपाली काँग्रेसले आफूमाथिको कारबाही फुकुवा गरेर भन्ने भ्रम छरेको बताएका छन् ।

आइतबार बसेको काँग्रेस बैठकले जोशीमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

काँग्रेसको निर्णयपछि प्रतिक्रिया दिँदै जोशीले कारबाही फुकुवाको भ्रम छरिएको र जुन गलत भएको प्रष्ट पारेका हुन् । चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो,यो सरासर गलत हो उनले बताए ।

वर्षौँदेखि नेपाली कांग्रेसको राजनितिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जिवन अर्पण गरेको सजाय आफू र परिवारले वर्षौँदेखि भोग्दै आएको बताउँदै जोशीले विगतका वर्षमा आफूले भोगेका सबै कुराको श्रेय नेपाली काङ्ग्रेसलाई सक्काउन लागि परेका केही राजनीतिज्ञहरूलाई जाने उनले उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसले आफू र आफूसँग सम्बन्धित मान्छेसँग कुनै सल्लाह नगरी एकलौटी रुपमा गरेको निर्णयलाई हरहालतमा नमान्ने उनले बताएका छन् ।