१ कार्तिक २०८३, शनिबार

भारतीय पूर्व क्रिकेटर दुरानीको निधन

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २० चैत । इङ्ग्ल्यान्डविरुद्धको पहिलो शृंखला जितका नायक तथा पूर्व क्रिकेटर सलिम दुरानीको ८८ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

बायाँ हातले आक्रामक खेल खेल्न सक्ने ब्याट्सम्यान र बलर दुरानीले सन् १९६० देखि १९७३ सम्म भारतका लागि २९ टेस्ट खेलेका थिए ।

उनले वेस्ट इन्डिजविरुद्धको खेलमा आफ्नो एक मात्र शतक रेकर्ड बनाएका थिए ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)का सचिव जय शाहले ट्वीटरमा लेखेका छन्, “भारतीय क्रिकेट टोलीका एक दिग्गज खेलाडी सलिम दुरानीको निधनको खबरले मर्माहत भएको छु ।”

“आज हामीले भारतीय क्रिकेटको एक मुकुट गुमाएका छौं । मृतक सलीम दुरानी जीलाई हार्दिक श्रद्धाञ्जलि र उहाँको परिवारप्रति समवेदना प्रकट गर्दछु ।”

काबुलमा जन्मिएका दुरानीले प्रथम श्रेणी क्रिकेटमा भारतीय राज्य गुजरात, राजस्थान र पूर्व सौराष्ट्रका लागि खेलेका थिए । उनको छक्का प्रहार गर्ने क्षमताका लागि प्रशंसकहरूले खेलमा उनलाई औधी मन पराएका थिए ।

दुरानीप्रति श्रद्धासुमन व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनीसँगको भेट र कुराकानीको स्मरण गरेका छन् ।

मोदीले ट्वीटरमा लेखेका छन्, “मैले उहाँसँग कुराकानी गर्ने अवसर पाएको छु र उहाँको बहुआयामिक व्यक्तित्वबाट निकै प्रभावित भएको छु । उहाँलाई पक्कै पनि सदा स्मरण गरिनेछ ।” एएफपी