
तनहुँ, १९ चैत । उपनिर्वाचनको चहलपहल सुरू भएसँगै तनहुँमा पार्टी प्रवेशको क्रम सुरू भएको छ ।
यसैक्रममा तनहुँको व्यास नगरपालिका वडा नं. ३ मा विभिन्न पार्टी परित्याग गरी स्थानीय इमानसिंह थापाको नेतृत्वमा २५ जना युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानअन्तर्गत व्यास–३ देउरालीमा आयोजित चुनावलक्षित कार्यक्रममार्फत उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरूलाई एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, केन्द्रीय सदस्य भगवती न्यौपाने, तनहुँ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सर्वेन्द्र खनाललगायतले एमालेमा स्वागत गरेका छन् ।
प्रवेशी युवाहरूले वैशाख १० गते हुने उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउने अठोट लिएका छन् । एमालेले तनहुँ निर्वाचन क्षेत्र नं. १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।
खनाल उम्मेदवार बनेर तनहुँ गएसँगै उपनिर्वाचनको चहलपहल सुरु भएको छ ।
















प्रतिक्रिया