३० आश्विन २०८३, शुक्रबार

अहिलेको सरकारसँग देश बनाउने नियत छैन : केपी ओली (भिडिओसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग देश बनाउने भिजन र नियत नभएको बताएका छन् ।

आज आइतबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले विभिन्न दलहरु मिलेर बनेको सरकारसँग कुनै नीति र योजना नरहेको भन्दै देश बनाउने उद्देश्य नै नरहेको बताएका हुन् ।

उनले अहिले मन्त्रीलाई मात्र नभई प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने अवस्था रहेको धारणा व्यक्त गरे । अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई विभिन्न शक्तिहरुले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि बताएका छन् ।

अहिलेको अवस्थामा देश बनाउने अभिभारा एमालेको काँधमा रहेको भन्दै आगामी निर्वाचनको तयारी अहिले देखिनै गर्नुपर्ने भएकाले मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।

स्वार्थका आधारमा चल्नेहरु र इमान नभएकाहरुसँग कुनै पनि अवस्थामा एकता र गठजोड हुन नसक्ने बताउँदै ओलीले दुई वर्षअघि नै पार्टी कब्जा गरेर एमालेलाई सिध्याउने खेल रचे पनि पार्टीलाई पुनर्गठन गरेर अहिले एमाले प्रमुख पार्टी बन्न सफल भएको धारणा व्यक्त गरे ।

अध्यक्ष ओलीले एमालेले हालैको निर्वाचनमा हासिल गरेको सफलता अझै पनि चित्त बुझ्दो नभएको भन्दै राष्ट्रिय शक्ति निर्माणका लागि पार्टीले मिसन ग्रासरुट चलाएको दोहोर्‍याए ।

हेर्नुहोस् भिडिओ–