३० आश्विन २०८३, शुक्रबार

रवि लामिछानेविरुद्ध फेरि दर्ता भयो सर्वोच्चमा रिट

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध फेरि सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

राहदानी दूरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

सिन्धुलीका युवराज पौडैल सफलले आइतबार सर्वोच्चमा रिट दायर गरेको जानकारी दिए । उनले भने ‘सर्वोच्चले रिट अध्ययन गरिरहेको र केही दिनमा सम्पर्क गर्न भनेको छ । रिटमा नागरिकता दूरुपयोग कसुरमा मुद्दा चलाउन आवश्यक उत्प्रेषण, परमादेश जे जो चाहिने उपयुक्त आदेशको माग गरिएको छ ।’

प्रहरी र सरकारी वकिल कार्यालयले राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गरेको भन्दै रिटमा महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ ।

रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो । तर, प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए । मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ।

२०७० फागुन ९ मा अमेरिकी नागरिक भएका लामिछानेमाथि अमेरिकी राहदानी रहेकै बेला २०७२ जेठ १३ गते नेपाली राहदानी लिएकाले कारबाही हुनुपर्ने रिट निवेदकको माग छ ।