१५ कार्तिक २०८३, आइतबार

पर्यटनमन्त्री कृपासुर शेर्पाले शपथ लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM administrates the oath of office and secrecy to the newly app

काठमाडौँ, ८ जेठ । राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पालाई आज अपराह्न राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

आजै प्रधानमन्त्री कोइरालाले नेकपा एमालेको सिफारिसमा सभासद् शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमको उपस्थिति थियो ।