३ कार्तिक २०८३, मंगलबार

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १८ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य ४० रुपैयाँ, घिउ सिमी (राजमा) ११० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु प्रतिकेजी २३ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ रहेको छ ।

त्यस्तै, स्थानीय काउली ५० रुपैयाँ, लोकल काँक्रो ४० रुपैयाँ, कागती २६० रुपैयाँ, कुरीलो ४०० रुपैयाँ ,सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजीमा बिक्री गरिएको छ । लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी४० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ प्रतिकेजी तथा भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ भूई कटहर १४० रुपैयाँ, मटरकोशा ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भैरहेको छ ।

यस्तै, ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी हिजोको तुलनामा दश रुपैयाँ बढेर ११० रुपैयाँ केजी पुग्दा हरियो धनियाँको मूल्य पनि ५ रुपैँयाले बढेर ३५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।

कालो अंगुरको न्यूनतम मूल्य यथावत,प्रतिकेजी १८० रुपैयाँ हुँदा आज हरियो अंगुरको मूल्य २० रुपैयाँ प्रतिकेजी बढेर १३० रुपैयाँ पुगेको छ । भारतीय सुन्तला १४० रुपैयाँ, फूजी स्याउ २५० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ११० रुपैयाँ, किवि ४०० रुपैयाँ तथा केरा दर्जनको १४० रुपैयाँ रहेको छ ।