
काठमाडौं, १५ चैत । संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित आफ्नै घरमा गत साता मृत अवस्थामा भेटिएका सामाजिक अभियान्ता कृष्ण लामिछानेको रहस्यमय ढंगले मृत्यु भएको भन्दै गैर आवासीय नेपाली संघ अमेरिकाले छानबिनको माग गरेको छ ।
एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन अमेरिकाले विज्ञप्ति जारी गर्दै लामिछानेको मृत्यु पश्चात सामाजिक संजालमा आइरहेका तस्वीर तथा भिडियोहरूलाई सूक्ष्म रूपमा अनुसन्धान गरेर दोषीलाई कारवाही हुनपर्ने माग गरेको हो ।
‘लोकप्रिय सामाजिक अभियान्ता कृष्ण लामिछानेको अकल्पनीय, त्रासदीपूर्ण र रहस्यमय निधनप्रति अत्यन्तै मर्महात छौं । लामिछानेको मृत्यु प्रकरणसंग जोडेर आएका मत अभिमत, फोटो, भिडियो लगायतलाई गहन रूपमा अनुसन्धान गरी निष्पक्ष छानविनसहित दोषीलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसमक्ष जोडदार माग गर्दछौं ,’अध्यक्ष माधव मरासिनी र महासचिव दिपेश लामाद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ।
एनआरएनए अमेरिकाको गत निर्वाचनमा बुद्धि सागर सुवेदीसंग पराजित लामिछाने नेपाली समाज टेक्सासका पूर्वअध्यक्ष समेत थिए ।
टेक्सासमा व्यावसाय संचालन गर्दै आएका लामिछानेले गत बुधवार आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।













प्रतिक्रिया