२९ आश्विन २०८३, बिहिबार

प्रोस्टेटसम्बन्धी समस्या भएकालाई नर्भिक हस्पिटलले विशेष छुट दिने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । यस वर्षको विश्व स्वास्थ्य दिवस (वर्ल्ड हेल्थ–डे) को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ ।

यही २५ गते शनिबार नर्भिकले विशेष छुटसहितको वृहत् नि:शुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । यो कार्यक्रममा सहभागी हुनेहरुलाई नि:शुल्क युरिन डिपस्टिक टेस्टको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ ।

साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत भारी छुटको स्किम समेत सार्वजनिक गरिएको छ । यसैगरी, सो कार्यक्रममा प्रोस्टेट स्पेशिफिक एन्टीजेन (पीएसए)को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

शनिबार बिहान ८ बजेदेखि सो वृहत जनचेतनामूलक कार्यक्रम नर्भिकको नर्सिङ ट्रेनिङ हलमा आयोजना हुने बताइएको छ । कार्यक्रममा सहभागीले वरिष्ठ यूरोलोजीस्ट डा. सुनिल श्रेष्ठ र यूरोलोजिष्ट डा. सञ्जिवभक्त बिष्ट नेतृत्वको टिमबाट नि:शुल्क परामर्श सेवा तथा जाँचको सुविधा पाउनेछन् ।

प्रोस्टेट ग्रन्थीका बिरामीले वल्र्ड हेल्थ डेको अवसर पारेर सार्वजनिक हेल्थ प्याकेज तथा जाँचमा छुटको सुविधा लिन तथा नि:शुल्क जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनलाइनबाट नाम दर्ता गर्नुपर्नेछ । यसअका अतिरिक्त ०१५९७००३२ मा समेत फोन गरी थप बुझ्न सकिने सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

नर्भिकले यसअघि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुगर रोगबाट पीडितका लागि नि:शुल्क र वृहत जनचेतनामूलक कार्यक्रम आयोजना गरिसकेको छ ।

नर्भिकले विगत केही महिनादेखि नै आफ्नो सीएसआरअन्तर्गत यूरोलोजी टीमलाई परिचालन गरी प्रत्येक शनिबार यूरोलोजीको टिमबाट नि:शुल्क ओपीडी सेवा समेत सञ्चालन गर्दै आएको छ । हस्पिटलले अन्य विशेषज्ञ डाक्टरहरुको समेत सहभागितामा नि:शुल्क ओपीडी तथा परामर्श सेवा समेत सञ्चालन गर्दै आइरहेको जनाएको छ ।