
काठमाडौं, १३ चैत । साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको छापावाल सुन सोमबार पनि २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहको छ ।
आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।















प्रतिक्रिया