काठमाडौं, ८ वैशाख । विश्व समुदायमा आफ्नो अस्तित्व खोजिरहेको भारतले नयाँ नयाँ प्रविधिको सफल परीक्षण गर्न थालेको छ । विश्व समुदायमा शक्तिशाली राष्ट्रसँग भिड्न भारतले लडाकू विमान तयार गरेको हो ।
भारतले लडाकू विमानको विहीबार सफल परीक्षण अभ्यास गरेको छ । विहीबार सेनाको लडाकू विमानलाई भारतले सडकमा सफल रुपमा अवतरण गराएको छ ।
दुश्मनलाई आक्रमण गर्न जुनसुकै सडकबाट पनि लडाकू विमान परिचालन गर्ने उद्देश्यले भारतले विहीबार बिहान ६ बजेर ४० मिनेटमा वायुसेनाको मिराज–२००० विमानले मथुरा नजिकैको यमुना एक्सप्रेस राजमार्गमा सफल अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कुनै पनि आपतकालिन अवस्थामा विमानस्थलमा समस्या भए राजमार्गमै लडाकू विमान अवतरण गराउने अभ्यास अन्तर्गत विहीबार भारतले सडकमै विमान अवतरण गरेको भारतीय सेनाका अधिकारीले जनाएका छन् ।
विश्व समुदायमा आफ्नो प्रभुत्व बढाउन भारतले आधुनिक हतियार र सैनिकक्षमता दिनप्रतिदिन बढाइरहेको बेला सडकमै अवतरण गरेर यो सैनिक अध्यास गरेको हो ।
आपतकालिन अवस्थामा लडाकू विमानलार्इ राजमार्गमै उतार्न र वायुसेनाको परिचालन क्षमता पनि जाँच्न अवतरण अभ्यास गरिएको भारतीय वायुसेनाका प्रवक्ताले बताएका छन् ।
यो लडाकू विमानमा पाइलट र विमानस्थल नभएपनि राजमार्गमा सजिलै अवतरण गर्न सकिन्छ । लडाकू विमानलाई आगामी दिनमा पनि सडकमा अवतरण गराउने अभ्यास गरिने अधिकारीले जनाएका छन् ।
को हुन भारतका दुश्मन ?
पछिल्लो समय भारत आधुनिक हतियार पारमाणविक भट्टीहरु समेत खोल्न तयारी गरिरहेको छ । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी आएपछि पहिलोपटक रुसमा उनले पारमाणविक भट्टीहरु खोल्ने सम्झौता गरेका थिए ।
उसो त भारतका पूरानै दुश्मन धेरै छ । मोदी प्रधानमन्त्री भएपछि चीन पनि दुश्मन बनेको छ । भारतको अर्काे दुश्मन पाकिस्तान पनि हो । भारत र पाकिस्तानको सीमा सहर काश्मिर विवादले यिनीहरुबीच लामो समयदेखि दश्मनी चलिरहेको छ ।
भर्खरै मात्र नेपालमा गएको भूकम्प बेला पनि भारतले चीन सँग टक्कर दिन खोजेको देखियो । भारत नेपालमा आफ्नो पूरै शक्ति परिचालन गरेर चीनलाई रोक्न चाहन्थ्यो । चीनको प्रगतिमा पनि भारतलाई निकै डाह लागेको छ ।
जसका कारण भारतका मुख्य दुश्मन चीन पनि बनेको छ । प्रत्यक्ष रुपमा दुश्मनी नदेखिएपनि भित्रभित्रै द्वन्द्वको अवस्था सिर्जना हुँदै गइरहेको अधिकारीहरुले बताएका छन् । केही दिन अघि भारतका सेनाका प्रमुखले चीन र भारतबीच जुनसुकै बेला पनि युद्ध हुनसक्ने चेतावनी दिएका थिए ।
यसबाट के प्रष्ट हुन्छ, भने भारतका मुख्य दुश्मन पाकिस्तान र चीन हुन् । एजेन्सी















प्रतिक्रिया