
काठमाडौं, १२ चैत । कतार विश्वकपपछिको पहिलो खेलमा ब्राजिल मोरोक्कोसँग पराजित भएको छ ।

आइतबार बिहान भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा अफ्रिकन टोली मोरक्कोले पहिलो पटक पाँच पटक विश्वकप फुटबल विजेता बनेको ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
मोरक्कोको जितमा सोफियाने बोउफलले २९ औँ मिनेटमा र अब्देलहामिद सबिरीले ७९ औँ मिनेटमा एकएक गोल गरेका थिए । यसैगरी ब्राजिलका क्यासेमिरोले ६७औँ मिनेटमा एक गोल गरेका थिए ।
मोरक्को हालै सम्पन्न २०२२ को विश्वकपमा पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको थियो । क्वाटरफाइनल खेलमा पोर्चुगललाई पराजित गर्दै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ ।
मोरक्को विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोसियासँग पराजित भएको थियो ।















प्रतिक्रिया