२९ आश्विन २०८३, बिहिबार

अन्नपूर्ण पोष्टका सम्पादक युवराज घिमिरेलाई भारतले किन धम्क्यायो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yuvaraj-ghimireभारतीय दुतावासका प्रथम सचिब एवंम प्रबत्ता अभय कुमारले कुटनीतिक मर्यादा बिपरित पित–पत्रकारिता गरेको भन्दै अन्नर्पूंण पोष्ट दैनिकका सम्पादक युवराज घिमिरेलाई धम्की दिएपछि फेरि एकपटक भारतको नेपालप्रतिको दृष्टिकोण कस्तो छ उ के चाहन्छ भन्ने स्पष्ट भएको छ ।

हामी नेपाली भारतको धम्की र हेपाहा प्रबृति अहिले देखि होईन धेरै पहिलेदेखि खेप्दै आईरहेका छौ । सन् १९५४ अप्रिल ५ का दिन एक पत्रिकामा अन्र्तवार्ता दिदै भारतीय एक नेताले नेपाललाई भारतको एक क्षेत्र भन्दै नेपाल, सिक्किम र भुटानलाई भारतमा मिलाउनुपर्ने धारणा सार्बजनिक गरेको एक्काईस बर्ष अर्थात सन् १९७५ मा हिमाली अधिराज्य सिक्किम भारतको बाईसौ राज्य बन्न पुग्यो ।

राणाशासनको पतनपछि दशबर्षे प्रजातन्त्र, तीस बर्षे पञ्चायती ब्यबस्था, १७ बर्षको संबैधानिक राजतन्त्र र बहुदलीय ब्यबस्था यी सबै असफल भैसकेपछि हामीले सम्पूर्ण समस्याको जड राजतन्त्रलाई दियौ तर नेपालमा आफनो शासन चलाउँन चाँहने दक्षिणी धु्रर्बको ललिपप हामीले बुझन सकेनौ मात्र चाटिरह्यौ ।

ईतिहासलाई केलाएर हेर्ने हो भने एउटा पत्रिकाको सम्पादकलाई मात्र होईन भारतले धम्की दिएको । बि.सं.२०१२ सालमा टंक प्रसाद आचार्य प्रधानमन्त्री भएका बेला शोभियत संघ सँग दैत्य सम्बन्ध स्थापित गर्दापनि भारतले धम्की दिएकै हो । सन् १९८९ अप्रिल २७ मा भारतका तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीले त्यसबेला नेपाललाई हेपेर नेपाल नरेशको दरबारमा एउटा भारत बिरोधी तत्व छ भन्दै बोलेका थिए ।

arjun-baral
लेखक

सन् १९८७ मा राजा बीरेन्द्रले चीन भ्रमणमा जाँदा साँढे चार अर्ब रुपैयाँ बराबरका सैन्य सामग्री आयात गर्ने सम्झौता अनुरुप सन् १९८८ जुलाईमा तीनसय ट्रक सैन्य सामाग्री, तीनवटा पोर्टेबल मिसाईल, बख्तरबन्द गाडी सोह्रवटा आकाशभेदी क्षेप्यास्त्र चीनबाट नेपाल आयात हुँदा भारतको सुरक्षामा गम्भीर असर पर्ने भन्दै भारतले ती हतियारको ब्यापक खोजी मात्र गरेन् निरीक्षण समेत गर्यो भने सन् १९८८ डिसेम्बर ६ तारिखका दिन् दिल्लीस्थीत नेपाली राजदूतलाई अत्यन्त अमर्यादीत तरिकाले भारतीय बिदेश सचिब केपिएस मेनन्ले धम्क्याएका थिए ता कि बि.सं. २०२६ साल असार ११ गते तत्कालीन प्रधानमन्त्री किर्तिनिधी बिष्टले राईजिङ नेपाललाई अन्र्तवार्ता दिँदै सन् १९६५ मा भारतसँग भएको हतियार सम्बन्धी सहमति समाप्त भैसकेको घोषणा गरेका थिए ।

भूकम्प पीडितका समाचार संकलन गर्न आएका भारतीय पत्रकारले पोखरा बिमानस्थलमा नेपाल प्रहरीलाई धम्क्याएका घटनालाई नेपाली समुदायले त्यसलाई पित पत्रकारीता मान्दैन् । काठमाडौको ठमेललाई भारतीय मिडियाले मिनी ईन्डिया भनेर प्रशारण गर्दा नेपाल सरकारले वास्ता गदैन् । भूकम्पपीडितको सहयोगका निम्ति आएका हतियार सहितका भारतीय सेनालाई हामी नेपालीले ह्रृदयले स्वीकार गरेका छौ त्यैपनि भारतीयहरुरुले नेपालमा भएका हरेकजसो परिबर्तनबाट प्राप्त नेपालको सार्बभौमिकता माथि किन औला ठड्याउँने ?

चीनले पायको बनबासा कोहलपुर सडकको ठेक्काको टेण्डर समेत भारतीय दबाबमा रद्दगरि भारतले लिएका घटना हुँन या २०६९ साल जेठ १४ अघि बीरगंजस्थीत भारतीय कन्सुलेटले तराईमा आँगो बाल्न निर्देशन गरेका घटना हुन सबै नेपालमाथि हैकम जमाउँने प्रबृति नै हुन । नेपालका सुस्ता र दशजगाको भुभाग अतिक्रमण गर्ने भारतीय रणनीति नेपाल सिक्किमिकरण गर्ने षडयन्त्र नै हो ।
२०२८ सालमा तत्कालीन प्रधानमन्त्री किर्तिनिधि बिष्टको प्रयासमा नेपालको उत्तरी छिमेकी चीनसँग जोडिएका भारतीय वायरलेस अपरेटर र भारतले आफनो स्वार्थका निम्ति नेपाली सेनाको क्षमता बढाउने भनेर ल्यार्ईएका भारतीय सैनिक हटाइए जस्तै आज कहिकतैबाट नेपालको स्वाभीमान गिर्दापनि त्यसको प्रतिपाद हुन सक्दैन ।

हामी नेपाली अभागी नै छौ पहिला राणा शासकको पुरै बथान ब्रिटिस भारतसँग आफनो गद्धी टिकाउँन अभ्यस्त भयो भने अहिले शासनमा नभएका ले सत्तामा पुग्न या पुगेपछि निरन्तरता दिनका लागि भारतको भजन गायका छन् जसले गर्दा भोली युवराज घिमिरे लाई होईन दिनदहाडै नेपाली लाई गोली ठोकीने छ भन्न नसकिएला ।

आफनो कुटनीतिक मयार्दा राम्रोसँग थाहा नहुनेले भोली भारतीय बिस्तारबादका भरौटे दलाललाई आफनो पकडमा पारेर जे पनि नगराउलान भन्न सकिन्न । आखिर यसको प्रतिवाद कस्ले गर्ने ? राज्यको चौथौ अंगमाथि बिदेशीले धावा बोल्दा नेपाल सरकार मौन रहनु कतीसम्म लज्जास्पद ।

दक्षिण कोरिया