२९ आश्विन २०८३, बिहिबार

बोको हरामको कब्जाबाट २७५ महिला मुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nigerian_kidnapped_girl_2अबुजा, ८ जेठ । नाइजेरियाली आतङ्ककारी सङ्गठन बोको हरामको कब्जाबाट नाइजेरिया सरकारले कम्तीमा पनि २७५ जना महिलालाई मुक्त गरेको छ ।

अपहरणमुक्त गरिएकामा केही बालबालिका पनि रहेको सरकारले जनाएको छ । उनीहरुलाई नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नाेबाट अपहरणमुक्त गरिएको जनाइएको छ ।

नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले सो विषयमा जानकारी दिएको छ । सोही निकायको पहलमा नाइजेरियन सैनिकले ती महिलालाई अपहरणमुक्त गरेको थियो ।

नाइजेरियाको राष्ट्रिय सैनिकले सो अपहरणमुक्तिको पहल गरेको र सो विषयमा उसले पहिलादेखि नै आन्तरिक रुपमा खोजी अभियान सुरु गरेको जनाएको थियो ।

ती महिला तथा बालबालिकालाई अपहरणकारीहरुले योला प्रान्तको एक प्रान्तमा पु¥याएको सूचना नाइजेरियाको सेनाले प्राप्त गरेको थियो ।

उनीहरुलाई सेनामा भर्ती गर्नुका साथै बोको हरामले गर्ने गरेका सशस्त्र विद्रोह एवम् आक्रमणहरुमा उनीहरुलाई ढालका रुपमा प्रयोग गर्ने गरेका थिए ।

बोको हरामले ती महिला तथा बालबालिकालाई यस्तै काममा दुरुपयोग गर्न अपहरण गरेको र उनीहरुको स्वार्थअनुरुप प्रयोग गर्ने गरेको जानकारी सेनाले दिएको छ । रासस÷सिन्ह्वा