
काठमाडौं, १० चैत । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा पानामालाई पराजित गरेको छ ।
शुक्रबार बिहान अर्जेन्टिनाको मोन्युमेन्टल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले पानामालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा थियागो अल्माडा खेलको ७८औँ र लियोनल मेसीले ८९औँ मिनेटमा गोल गरेका थिए । योसँगै अर्जेन्टिनाका कप्तान मेसीले आफ्नो फुटबल करियरमा ८ सय गोल पूरा गरेका छन् ।
विश्वकप जितेपछि अर्जेन्टिनाले पहिलो खेल खेलेको हो ।















प्रतिक्रिया