१५ कार्तिक २०८३, आइतबार

महोत्तरीमा विषाक्त प्रसाद खाँदा १ सय ५० जना सिकिस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, ८ जेठ । महोत्तरीको भ्रमरपुरा गाविसमा पूजामा विषाक्त प्रसाद खाँदा स्थानीय १ सय ५० जना सिकिस्त बिरामी भएका छन् ।

भ्रमरपुरा गाविस–५ का गोपाल शर्माबाट आयोजना गरिएको सत्यनारायणको पूजामा बनाइएको प्रसाद खाँदा बिहीबार राति स्थानीय सिकिस्त बिरामी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पूजामा प्रसाद खाएको चार घण्टामै पूजा आयोजक शर्मा तथा स्थानीय महिला, पुरुष तथा बालबालिकामा फूड प्वाइजन भई उनीहरू सिकिस्त बिरामी भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

विषाक्त प्रसाद खाएर बिरामी भएकालाई झाडापखाला, पेट दुख्ने, बान्ता हुने, ज्वरो आउने र रिङ्गटा लाग्नेजस्ता लक्षण देखिएको छ ।

बिहीबार राति करिब ११ बजेदेखि नै प्रसाद खाएका सिकिस्त बिरामी हुँदै गएपछि उनीहरूलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर तथा अन्य निजी क्लिनिकमा लगिएको छ ।