काठमाडौं, ८ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले बिहीबार अकस्मात पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेबाट सरकारमा सामेल अमात्य महाभूकम्पको समयमा उड्डयन क्षेत्रको कुशल व्यवस्थापनमा समस्या देखिएपछि आलोचित बन्दै गएका थिए ।
राजीनामा दिने तय भइसकेकाले उनी बिहीबार दिउँसो भएको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित थिए । स्रोतका अनुसार पर्यटन क्षेत्रका विभिन्न योजना अघि बढाउन नसकेकोमा एमालेभित्रैबाट उनको चर्को आलोचना हुँदै आएको थियो ।
एमालेका बरिष्ठ नेता झलनाथ खनालका निजी सचिवबाट एकैपटक मन्त्री हुन पुगेका अमात्यले पार्टी नेतृत्वको दबाबमा राजीनामा दिएका हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।















प्रतिक्रिया