क्यालिफोर्निया (एजेन्सी) – उड्ने कार उत्पादन गर्ने धेरै कम्पनी उपभोक्ताका लागि पहिलो उत्पादन ल्याउन प्रतिष्पर्धा गरिरहेका छन् । धेरैजसोले आगामी २०१७ मा यो कार बजारमा आउने अपेक्षा गरेका छन् ।
टेराफुगिया, एरो मोबिल, मोलर इन्टरनेशनल र पालभीलगायतका कम्पनीहरुले आगामी केही वर्षभित्रै उत्पादन पूरा गर्ने र उपभोक्ताका लागि उड्ने सवारी बजारमा ल्याउने प्रयास गरिरहेका छन् ।
अमेरिकी कम्पनी टेराफुगियाले कार उत्पादनको प्रक्रिया अगाडि बढिरहेको र आगामी २०१७ मा बजारमा आउने अपेक्षा गरेको छ । कम्पनीले १०० उपभोक्ताबाट अग्रिम भुक्तानी संकलन गरिसकेको छ । आजको कारोबार दैनिकमा खबर छ ।















प्रतिक्रिया