३ कार्तिक २०८३, मंगलबार

सरकारले ग्राउन्ड मोसनको तथ्याङक नदिँदा धेरै जनधनको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

house-Bhukampa (1)काठमाडौं । सरकारले विगतमा साना भूकम्प जाँदा जमिन कसरी हल्लियो भन्ने तथ्यांक (ग्राउन्ड मोसन) सार्वजनिक नगरेकाले घर बनाउनै नहुने ठाउँमा समेत घर बनाउने अनुमति दिइएको खुलेको छ।

घर बनाउन नहुने ठाउँमा समेत घर बनेकाले अहिलेको भूकम्पबाट ठूलो क्षति बेहोर्नुपरेको विज्ञहरूले नै बताएका छन्।

सरकारले ग्राउन्ड मोसनसम्बन्धी तथ्यांक थाहा नदिएकाले नै घर बनाउन हुनेरनहुने र कस्तो जमिनमा कस्ता घर वा संरचना बनाउन सकिने भन्नेबारे भूगर्भविद्हरू अनभिज्ञ देखिएका छन् ।

भूगर्भशास्त्री एवं त्रिभुवन विश्वविद्यालयका प्रा।डा। मेघराज धितालले ग्राउन्ड मोसन डाटा बिना गरिएको माटो परीक्षणको केही अर्थ नहुने बताए। ‘यो डाटा हेरेरमात्र संरचना बनाउन सकिन्छ’, त्रिविमा भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुखसमेत रहिसकेका धितालले भने।

सरकारले यस्ता तथ्यांक गोप्य राखेकै कारण कुन स्थानमा कस्तो असर पर्छ भन्ने थाहै नपाई घर, सडक र अन्य संरचना बनाउने मुख्य आधारबिनै संरचनाहरू बनिरहेको धितालले बताएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘यो तथ्यांकका आधारमा उच्च जोखिमयुक्त स्थानको पहिले नै पहिचान हुन्थ्यो र त्यस्ता ठाउँहरूमा घर बनाउन रोक लगाउन वा सुरक्षित प्रविधि अपनाउन सकिन्थ्यो’, धितालले बिहीबार भने, ‘अन्दाजको भरमा जथाभाबी बनेका घर वैशाख १२ गते र त्यसपछि आएका भूकम्पले भत्किए।’

भूप्राविधिक इन्जिनियरहरूले पनि ग्राउन्ड मोसन डाटाबिना नै माटो परीक्षण मात्र गरेर संरचना निर्माणका लागि सिफारिस गरिरहेको पुष्टि भएको छ।

भूप्राविधिक इन्जिनियर रञ्जन दाहालले भारतले बनाएको ‘भूकम्पीय जोखिम नक्सा’को आधारमा भवनहरूको डिजाइन भइरहेको बताए।