७ कार्तिक २०८३, शनिबार

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रति केजी ५० रुपैयाँ तोकेको छ भने औसत मूल्य ५६ रुपैयाँ ६७ पैसा तोकेको छ ।

त्यस्तै, डल्ले च्याउको न्युनतम मूल्य ३०० रुपौयाँ छ भने औसत मूल्य ३२५ रुपैँया तोकेको छ । तिते करेला प्रति केजी न्युनतम १२० रुपैयाँ राख्दा त्यसको औसत मूल्य १२५,र अधिकतम मूल्य १३० रुपैयाँ राखेको छ ।

त्यस्तै, रातो आलु प्रतिकेजी २५, सेतो आलु १७, स्थानीय काउली ५०, लोकल काँक्रो ५०, कागती २६०, कुरीलो ४००, हरीयो खुर्सानी ११०, लोकल गाँजर २५, घिउ सिमी (राजममा) १२०,घिरौंला ११०,चमसुरको साग प्रतिकेजी ११०,हरियो प्याज प्रतिकेजी ४० रुपौयाँ न्युनतम मूल्य तोकेको छ ।

हरियो र पाकेको फर्सी प्रतिकेजी ४० रुपौयाँ मूल्य कायम गर्दा बकुल्ला ६०, लोकल बन्दा १० रुपैयाँ, ब्रोकाउली ८०, भन्टा ५०, भिन्डी ११०, भेडे खुर्सानी १२०, मटरकोशा ७०, सेतो लोकल मूला ३५ रुपैयाँ प्रतिकेजीमा खरिद दर राखिएको छ ।

कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५०, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँ, केरा एक दर्जनको १४० ताथ फूजी स्याउको न्युनतम मूल्य २५० रहेको छ ।