काठमाडौं, ८ जेठ । एउटा घरको भाडा कति हुन्छ ? सामान्यतया काठमाडौंको बजारमा चहलपहल हुने पसलमा १ लाख भन्दामाथि मासिक भाडा हुन्छ ।
केही घरमा भने अहिले पनि छ रुपैयाँदेखि २५ रुपैयाँसम्म भाडा छ ।
गुठी संस्थानको घरमा व्यापार व्यवसाय गर्नेहरुले संस्थानलाई यो रकम बुझाउने गरेको राजधानी दैनिकले छापेको छ ।
राजधानीको असन बजारमा रहेको अन्नपूर्ण गुठीको घर र असन डवली तथा ललितपुरको मंगलबारको ठूलो घन्टानजिकका घरका गरी २ दर्जन पसलमा यस्तो रहेको गुठी संस्थानका सह प्रशाशन हेमराज सुवेदीले जानकारी दिए ।















प्रतिक्रिया