२८ आश्विन २०८३, बुधबार

९२ वर्षीय वृद्व पाँचौं पटक विवाह गर्दै

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । ९२ वर्षीय फर कर्प कम्पनीका अध्यक्ष रुपर्ट मर्डोकले सान फ्रान्सिस्कोका ६६ वर्षीया पूर्व पुलिस पादरी एन लेस्ले स्मिथसँग इन्गेजमेन्ट गरेपछि उनी पाँचौं पटक विवाह गर्ने तयारी छ ।

९२ वर्षीय मर्डोकले गत वर्ष सेप्टेम्बरमा क्यालिफोर्नियामा भएको एक कार्यक्रममा ६६ वर्षीय स्मिथलाई भेटेका थिए। मर्डोक गत वर्ष आफ्नी चौथी श्रीमती जेरी हलसँग अलग भएका थिए।

रुपर्ट मर्डोकले एन लेस्ली स्मिथलाई प्रपोज गर्दा उनी निकै नर्भस भएको बताए। स्मिथ विधवा हुन् । मर्डोकको पहिलो तीन विवाहबाट छजना छोराछोरी छन्।

मर्डोकले यसअघि अष्ट्रेलियाकी प्याट्रिसिया बुकर, स्कटिस मूलकी अन्ना मान, चिनियाँ मूलकी व्यवसायी वेन्डी डेङ र जेरी हल सँग विवाह गरिसकेका छन्।