३० कार्तिक २०८३, सोमबार

उपनिर्वाचनको विषयमा छलफल गर्न जसपाको बैठक बस्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने तयारी रहेको जसपाका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

बैठकमा वैशाख १० गते प्रतिनिधिसभाअन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी छ । आजको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ ।

यसैगरी बैठकमा सरकारमा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा पनि छलफल हुने बताइएको छ ।