२९ आश्विन २०८३, बिहिबार

भलिबल खेल्न नेपाली राष्ट्रिय टोली बंगलादेश उड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Volleyballकाठमाडौँ, ७ जेठ । बङ्गलादेशको ढाकामा हुने एभिसी सेन्टर जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा भाग लिन जाने राष्ट्रिय भलिबल टोलीको आज बिदाई गरियो ।

नेपाल भलिबल सङ्घले आज यहाँ आयोजना गरेको बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो ।

प्रतियोगितामा इमबहादुर राणाको कप्तानीमा रहेको टोलीमा सञ्जय अर्याल, मिलन लामा, सन्जु शाह, कुलबहादुर थापा, मनबहादुर श्रेष्ठ, राजकुमार थापा, उमाकान्त केसी, धनबहादुर भट्ट (क्षेत्री), चन्द्रबहादुर कुँवर र हरिहर थापा छन् ।

त्यस्तै, टोलीको मुख्य प्रशिक्षकमा कपिल किशोर श्रेष्ठ र सहायक प्रशिक्षकमा प्रज्ज्वल श्रेष्ठ रहेका छन् भने टिम व्यवस्थापकमा श्यामकृष्ण श्रेष्ठ छन् ।

यही जेठ ७ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, माल्दिभ्स, तुर्कमेनिस्तान, उज्वेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । टोली भोलि त्यसतर्फ प्रस्थान गर्दैछ । रासस