१ कार्तिक २०८३, आइतबार

निफमा ऐना झ्यालको पुतलीलाई ४ अवार्ड

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । ऐना झ्यालको पुतलीले काठमाडौंमा सम्पन्न छौटौं अन्तराष्ट्रिय फिल्म फेस्टिवल (निफ) मा सर्वाधिक चार विधामा अवार्ड जितेको छ ।

सोमबार सम्पन्न निफमा ऐना झ्यालको पुतलीले, वेष्ट सिनेम्याटोग्राफी सहित स्क्रिन प्ले, वेष्ट डिरेक्टर, वेष्ट चाइल्ड आर्टिष्टमा अवार्ड जितेको हो । महोत्सवमा सुजित बिडारीद्वारा लिखित ऐना झ्यालको पुतलीबाट बिडारीले नै नेशनल तर्फ वेष्ट डिरेक्टरको अवार्ड थापे । बालकलाकार दिनेश खत्रीले बेस्ट चाइल्ड एक्टर अवार्ड पाए भने बेस्ट सिनेम्याटोग्राफि र वेष्ट स्क्रिन प्ले राईटरको अवार्ड पनि ऐना झ्यालको पुतलीले हात पार्‍यो ।

त्यस्तै नेपाली चलचित्र प्रकाशले तीन विधामा अवार्ड जितेको छ । वेष्ट एक्टर, वेष्ट फिमेल एक्टर, वेष्ट डिरेक्टर अवार्ड जितेको हो । वेष्ट एक्टरको अवार्ड चलचित्र प्रकाशबाट नायक प्रदिप खड्का र वेष्ट फिमेल एक्टरको अवार्ड सोही चलचित्रबाट दिया मास्केले प्राप्त गरिन् । त्यस्तै, वेष्ट स्क्रिप्टको अवार्डपनि चलचित्र प्रकाशले जितेको छ । वेष्ट स्क्रिप्ट राइटरको अवार्ड लेखक विकास सुवेदीले जितेका हुन् ।

त्यस्तै वेष्ट नेशनल सर्ट फिल्मको अवार्ड जुनकोले पाएको छ । तीनवटा स्पेसल मेन्सन जुरी अवार्ड मध्ये सेक्रेट्स अफ राधाले एउटा जित्यो । समापन कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म र फिल्मकर्मीलाई विभिन्न १४ विधामा दिइने अवार्ड, तीन ओटा स्पेसल फिल्मलाई थपेर १७ वटा विभिन्न फिल्म तथा डकुमेन्ट्री फिल्मलाई अवार्ड प्रदान गरेको छ । ३५ देशका ९५ प्रतियोगी चलचित्र रहेको फेष्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो । ५ दिनसम्म चलेको निफमा ९ वटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्न भएका थिए ।